Sagun Khabar
बैतडीको दोगडाकेदारमा तोकिए बिषयगत समितिका संयोजक, प्रवक्तामा भट्ट 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले विभिन्न बिषयगत समितिका संयोजक तोेकेको छ । गाउँकार्यपालिकाको पहिलो बैठकले बिषयगत समितिका संयोजकहरुको टुंगो लगाएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताए । 

गाउँपालिकाको आर्थिक विकास समितिमा हेमा भट्ट कपाडी, सामाजिक विकास समितिमा कालुराम सार्की, पूर्वाधार विकास समितिमा गोपालसिंह कार्की, वन वातारण तथा विपद् व्यवस्थापन समितिमा तर्कराज भट्ट र सुशासन तथा संस्थागत विकास समितिमा करबीरसिंह कार्कीलाई संयोजक तोकिएको छ ।

यस्तै गाउँपालिकाको प्रवक्तामा वडा नं ७ का वडा अध्यक्ष दिनेशप्रसाद भट्टलाई तोकिएको छ । गाउँपालिकाका निर्णयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने दायित्व प्रवक्ता रहने गर्दछ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update