Sagun Khabar
कैलालीमा श्रीमान –श्रीमती  मृत फेला, घटनास्थलमा खुकुरी फेला पर्यो  
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन् । 

श्रीमान घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । घटनास्थलबाट एउटा खुकरी फेला परेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update