Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी बिशेषज्ञ आउने 

बैतडी –जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी रोग बिशेषज्ञ आउने भएका छन् । हरेक शुक्रबार सञ्चालन हुने सेटेलाइट क्लिनिकमा यही जेठ २० गते शुक्रबारका दिन डडेल्धुरा अस्पतालबाट हाडजोर्नी बिशेषज्ञ डा. नवीन खड्का आउने जिल्ला अस्पताल बैतडीले जनाएको छ । 

बिशेषज्ञ डाक्टर आएको दिन सेवा लिन जिल्ला अस्पतालले सबैमा आग्रह समेत गरेको छ । हाडजोर्नी सम्बन्धि समस्या भएका नागरिकको उपचार गरिने भएकाले अस्पतालमा आएर सेवा लिन आग्रह गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । 

जिल्ला अस्पातल बैतडीमा डडेल्धुरा अस्पतालको सहयोगमा हरेक शुक्रबार बिशेषज्ञ डाक्टरहरुले सेवा दिने गरेका छन् । नागरिकहरुलाई जिल्लामै बिशेषज्ञ सेवा प्राप्तिमा सहज होस भनेर सेटेलाइट क्लिनिक सञ्चालन गरिएको डा. श्रेष्ठले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update