Sagun Khabar
बैतडीमा विव्यवस सदस्य चयनका लागि चुनाव, कांग्रेस निकट निर्वाचित 
फोटो : निर्वाचित भएका विव्यवस सदस्यहरु

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ स्थित भूमीराज मावि चडेपानीमा चुनाव मार्फत विद्यालय व्यवस्थापन समितिका सदस्य चयन भएका छन् । कांग्रेस र एमालेले अलग –अलग प्यानल बनाएर विद्यालय व्यवस्थापन समितिको सदस्यहरुका लागि उम्मेदवार खडा गरेको थियो । 

चार जना विद्यालय व्यवस्थापन समिति सदस्य चयन गर्नुपर्ने निर्वाचनबाट चारै जना नेपाली कांग्रेस निकटका निर्वाचित भएका छन् । कांग्रेस निकटका मनोरथ भट्ट, रामदत्त भट्ट, जयन्ती भट्ट र द्रोपती भट्ट निर्वाचित भएका छन् । एमाले निकटका सहदेव भट्ट, शंकरदत्त भट्ट, महेश्वरी भट्ट र पार्वती भट्ट पराजित भएका छन् । 

पछिल्लो समयमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको चयनका लागि समेत चुनाव हुने गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update