Sagun Khabar
दार्चुलामा एक वडा सदस्यको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा  एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–७ का वडा सदस्य केशवराम कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । पेट सम्बन्धी समस्या भएका उनको जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update