Sagun Khabar
बैतडीको डिलाशैनीमा भरुवा बन्दुक सहित दुईजना पक्राउ 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगलबाट दुईजना भरुवा बन्दुक सहित पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका वडा नं ८ का ४० बर्षीय हिक्मतबहादुर बिष्ट र डिलाशैनी ४ का २१ बर्षीय राजेन्द्रबहादुर बिष्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

उनीहरुको साथबाट एकनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको छ । यस्तै घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । 

धामीगाउँ प्रहरीचौकीबाट खटिएको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यो बिषयमा डिभिजन वन कार्यालयसंग समन्वय गरेर घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update