Sagun Khabar
जिसस कैलालीको निर्वाचन जेठ ३० गते हुने 

कैलाली – जिल्ला निर्वाचन कार्यालय कैलालीले जिल्ला समन्वय समितिको निर्वाचन यहि जेठ ३० गते हुने जनाएको छ । २० गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान हुँदा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । यस्तै ३० गते जिसस कैलालीमा विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

१३ पालिका भएको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन् ।  जसमा एक जना स्वतन्त्र रुपमा विजयी भएका जनप्रतिनिधि छन् । एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका कांग्रेसका नेताले पनि पालिका अध्यक्ष छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update