बैतडीको सुर्नयामा किसानहरुलाई कृषि सामग्री वितरण
बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं २ का किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ । व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुलाई कृषि सामग्री वितरण गरिएका हुन् ।
सुर्नया गाउँपालिका र सुआहाराको संयुक्त लगानिमा कृषि सामग्री खरीद गरेर किसानहरुलाई वितरण गरिएको सुआहाराका पालिका पोषण सहजकर्ता मञ्जु भट्टले बताइन् ।
४० जना किसानहरुलाई पोलि हाउस, ३१ जना किसानहरुलाई थोपा सिँचाई ड्रम र ४० जना किसानहरुलाई टमाटरको बीउ वितरण गरिएको उनले बताइन् ।
व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुलाई सहज होस भनेर बीउ र सामग्री सहयोग गरिएको भट्टले बताइन् । सामग्री प्राप्त गरेका किसानहरुलाई एक दिने प्राविधिक तालिम समेत दिइएको उनले बताइन् । झण्डै २ लाख ७० हजारको लागतमा कृषि सामग्री वितरण गरिएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ १५:२३
प्रतिक्रिया दिनुहोस्




