Sagun Khabar
बैतडीको दशरथचन्दमा बहुउद्देश्यीय नगर भवनको शिलान्यास 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले बहुउद्देश्यीय नगर भवनको शिलान्यास गरेको छ । बुधबार गोठलापानी बजार छेउमै बन्ने भवनको नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र उपप्रमुख कौशिला चन्दले संयुक्त रुपमा उद्दघाटन गरे । 

नगर विकास कोषको ७० प्रतिशत ऋण लगानि र नगरपालिकाको ३० प्रतिशत लगानिमा बहुउद्देश्यीय भवन निर्माण हुने नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए । तत्कालका लागि दुईतले भवन निर्माण हुने उनले बताए । 

३ करोड ७४ लाख ३ हजार ६६८ रुपैंयाको लागतमा बन्ने भवनमा सवारी पार्किङको सुविधा सहित कार्यालय प्रयोजन र व्यवसायिक सटर, बैठक कक्ष निर्माण गरिने नगर प्रमुख जोशीले बताए । 

१८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य सहित नगर भवनको शिलान्यास गरिएको इन्जिनियर बोहराले बताए । भवन निर्माणको जिम्मा न्यू ड्रागन ÷फरच्युरलेण्ड जेभीले पाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update