Sagun Khabar
पाटनको सुर्नया नदीबाट नदीजन्य पदार्थ उत्खननमा रोक (सूचना सहित)

बैतडी –बैतडीको पाटन नगरपालिकाले सुर्नया नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ । नदीबाट अवैध तरीकाले नदीजन्य पदार्थको उत्खनन भईरहेकाले अर्को सूचना नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ । 

नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको जनाएको छ । नगरपालिकाको सूचनाको अवज्ञा गरेमा कानुन अनुुसार कारवाही हुने समेत नगरपालिकाले जनाएको छ । 

सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खन्न हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको उपप्रमुख कमलसिंह बोहराले बताए । 

नदीजन्य पदार्थको व्यवस्थित तरीकाले उत्खननका लागि नगरपालिकाले कार्यविधि बनाउने र त्यसपछि ठेक्का प्रणाली मार्फत नदीजन्य पदार्थको उत्खनन गर्न दिने तयारी भएको छ । 

patan surnya1654134210.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update