Sagun Khabar
कैलालीमा एक थुनुवा हतकडी सहित फरार 

कैलाली –कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन् । जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए । त्यसपछि दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो ।  झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

फरार थुनुवाको खोजी कार्य भईरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update