एक महिनाको पारिश्रमिक बालबालिकालाई दिने वडा अध्यक्ष बोहराको घोषणा
बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा पदभार ग्रहण गर्दै उनले प्रत्येक बर्ष एक महिनाको पारिश्रमिक गरिब, असहाय र टुहुरा बालबालिकाको शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् ।
वडामा गरिब, टुहुरा र असहाय बालबालिकाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई प्रोत्सहन रकम वितरण गरिने वडा अध्यक्ष बोहराले बताए । बालबालिकाहरुलाई शिक्षा ग्रहणमा सहज होस भनेर आफूले यस्तो निर्णय गरेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १५:१९
प्रतिक्रिया दिनुहोस्




