बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु
बैतडी –बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ खिपालीका ४१ बर्षीय भानदेव अवस्थीको भीरबाट लडेर मृत्यु भएको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए ।
बिहीबार साँझ सात बजेतिर खिपाली नजिकै रहेको बान्नरो भीर भन्ने स्थानबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष बिष्टले बताए ।
अवस्थी छारे रोगबाट पीडित रहेका बुझिएको छ । मृतक अवस्थीका श्रीमती, २ छोरी र एक छोरा रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ २१:१८
प्रतिक्रिया दिनुहोस्




