Sagun Khabar
बैतडीको सुर्नयामा चितुवाको आतंक 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को मल्लोढोलेमा चितुवाले आतंक मच्चाउन थालेको छ । रातिको समयमा चितुवा बथान सहित गाउँमा पसेर आतंक मच्चाएको स्थानीय तेजन बोहराले बताए । 

बिहीबार राति चारपाँच ओटा चितुवा समूहमा आएका र गोठबाटै एकजनाको खसी लगेको बोहराले बताए । रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीयहरु जाग्राम बस्न थालेका छन् ।

चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको बोहराले बताए । जंगलबाट चितुवा गाउँमा पसेपछि स्थानीयहरु त्रसित बनेका छन् । गोठबाटै बाख्रा, खसी चितुवाले आक्रमण गरेर लग्न थालेपछि गाउँमा त्रास फैलिएको स्थानीयहरुले बताएका छन् । 

चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पस्न थालेका विज्ञहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update