Sagun Khabar
बजेट कार्यान्वयन हुने आधार छैन् : सांसद भण्डारी 

बैतडी –बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले आगामी आर्थिक बर्षका लागि ल्याइएको बजेट कार्यान्वयन हुने आधार नदेखिएको बताएका छन् । प्रतिनिधि सभामा बजेट माथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले बजेटमा कोरा कल्पना मात्रै राखिएको उल्लेख गरे । 

बजेट आएका योजनाहरुको श्रोत सुनिश्चित नगरिएको दाबी गर्दै सांसद भण्डारीले यो झुटको पुलिन्दा भएको बताए । यस्तै ५ महिनामात्रै आयु भएको सरकारले यो बजेट कसरी कार्यान्वयन गर्छ भनि उनले प्रश्न गरे । 

यस्तै गएको कार्तिकमा परेको बेमौसमी बर्षाबाट प्रभावित भएका सुदूरपश्चिमका नागरिकले अझै पनि राहत पाउन नसकेको उनले बताए । प्रधानमन्त्री स्वयंले समेत प्रभावित क्षेत्रको निरीक्षण गरिसक्दा समेत प्रभावितहरुले राहत पाउन नसकेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update