Sagun Khabar
जिसस बैतडीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरे, प्रमुखमा धामी र उपप्रमुखमा कुँवरको उम्मेदवारी 
फोटो : मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दै गठबन्धनका उम्मेदवारहरु

बैतडी –जिल्ला समन्वय समिति बैतडीको लागि गठबन्धनका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले बैतडीमा जिल्ला समन्वय समितिका लागि गठबन्धन गरेका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरेका हुन् । 

जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको मनोनयन दर्ता भएको छ भने उपप्रमुखका लागि नेकपा माओवादी केन्द्रका दमन कुँवरको (आदर्श)को मनोनयन दर्ता भएको छ । 

यस्तै खुला सदस्यका लागि नेपाली कांग्रेसबाट करनसिंह कठायत र दानबहादुर बिष्टको मनोनयन दर्ता भएको छ भने नेकपा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको मनोनयन दर्ता भएको छ । 

यस्तै तीन महिला सदस्यका लागि नेपाली कांग्रेसबाट यशोदा चन्द, नेकपा माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना सार्कीको मनोनयन दर्ता भएको छ । 

यस्तै दलित सदस्यमा नेपाली कांग्रेसका हरु नेपालीको मनोनयन दर्ता भएको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । 

९ सदस्यीय जिल्ला समन्वय समितिका लागि गठबन्धनसंग १२ मतभार छ भने एमालेसंग ८ मतभार रहेको छ । नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र स्वतन्त्र १ गरेर गठबन्धनसंग १२ मतभार रहेको हो । बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update