बैतडी –जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छ । प्रमुख सहित ९ सदस्यीय पदका लागि एमालेबाट ८ जनाको उम्मेदवारी परेको छ ।
प्रमुख पदका लागि एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ भने उपप्रमुखमा हेमा भट्ट (कपाडी) को उम्मेदवारी दर्ता भएको छ । यस्तै खुला तीन सदस्यमा एमालेबाट ईश्वर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै महिला सदस्यमा चन्द्र जोशी (पाण्डेय) र यशोदा महराको उम्मेदवारी दर्ता भएको छ । यस्तै दलित सदस्यमा द्रोपती दयालको मनोनयन दर्ता भएको छ । जिल्ला समन्वय समितिका लागि एमालेसंग ८ जना मतदाता रहेका छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराईसकेका छन् । गठबन्धनसंग १२ मतदाता रहेका छन् ।




