Sagun Khabar
शिवनाथमा बिषयगत समितिका संयोजक तोकिए, प्रवक्तामा चन्द 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले बिषयगत समितिका संयोजकहरु तोकेको छ । गाउँपालिका रहने विभिन्न बिषयगत समितिलाई पूर्णता दिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा राजेन्द्रराम दयाललाई राखिएको छ भने आर्थिक विकास समितिको संयोजकमा केशवदत्त कलौनीलाई तोकिएको छ । यस्तै सामाजिक विकास समितिको संयोजकमा केशव चन्द र पूर्वाधार विकास समितिको संयोजकमा बल्देवसिंह चाडलाई तोकिएको छ । 

यस्तै गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी केशव चन्दलाई दिइएको छ । गाउँपालिका सरकार आधिकारिक सूचनाहरु आदानप्रदान गर्नका लागि चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष साउँदले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update