बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले बिषयगत समितिहरुलाई पूर्णता दिएको छ । नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा शनिबार बसेको कार्यपालिकाको पहिलो बैठकले बिषयगत समितिहरुलाई पूर्णता दिएको हो ।
नगरपालिकाको सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा हरिदत्त बडु, आर्थिक विकास समितिको संयोजकमा जयदत्त पन्त, सामाजिक विकास समितिको संयोजकमा मोहनदेव जोशी, पूर्वाधार विकास समितिको संयोजकमा अजबबहादुर पाण्डे, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा भानेदव भट्ट र विधेयक समितिको संयोजकमा सूर्यबहादुर बोहरालाई राखिएको छ ।
यस्तै कार्यपालिका बैठकले नगर प्रमुख जोशीले पदभार ग्रहण गरेको दिन गरेका ५ बुँदे निर्णय तथा आदेशलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै नगर क्षेत्रभित्र फोहर व्यवस्थापनका लागि नगर सरसफाई कार्यविधि तयार पार्ने निर्णय पनि भएको नगरपालिकाले जनाएको छ ।
यस्तै सदरमुकाममा खानेपानीको व्यवस्थापनका लागि दशरथचन्द नगरपालिका २ सुतेगाडस्थित खानेपानी मूहानबाट पानी सञ्चालनका लागि विस्तृत सर्भे डिजाइन गर्ने निर्णय समेत गरेको छ ।




