Sagun Khabar
बैतडीमा १ लाख ७६ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप पाए 

बैतडी–बैतडीमा १ लाख ७६ हजार बढीले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् । १२ बर्षमाथिका १ लाख ७६ हजार ४७ जनाले कोरोना विरुद्धको पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । यसरी हेर्दा जिल्लाका ८५.२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएको उनले बताए । यस्तै जिल्लाभरी ४१ हजार ९९५ जनाले बुस्टर डोज लगाएका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकामा २८ हजार ७२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ जनाले पूर्ण खोप लगाएका छन् । दशरथचन्द नगरपालिकामा २ हजार ८१६ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै पाटन नगरपालिकामा २० हजार ४८८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २७ हजार ८३३ जनाले पूर्ण खोप लगाएका छन् । पाटनमा १५ हजार २०२ जनाले बुस्टर डोज लगाएका छन् ।

यसैगरी पुर्चौंडी नगरपालिकामा २३ हजार १०६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ३३४ जनाले पूर्ण खोप लगाएका छन् । पुर्चौंडीमा ७ हजार ४६२ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै मेलौली नगरपालिकामा १३ हजार ९९० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ९७४ जनाले पूर्ण खोप लगाएका छन् । मेलौलीमा १ हजार ३३ जनाले बुस्टर डोज लगाएका छन् । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार ८६९ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै डिलाशैनीमा ४ हजार २४२ जनाले बुस्टर डोज लगाएका छन् । यसैगरी दोगडाकेदार गाउँपालिकामा २३ हजार २३६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १६ हजार ९४२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । दोगडाकेदारमा ६ हजार ८९५ जनाले बुस्टर डोज लगाएका छन् । 

जिल्लाको सुर्नया गाउँपालिकामा १० हजार १६४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ जनाले खोपको पूर्ण मात्रा पाएका छन् । सुर्नयामा २ हजार १३३ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार १७६ जनाले पूर्ण खोप पाएका छन् । पञ्चेश्वरमा २ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । 

यस्तै शिवनाथ गाउँपालिकामा ७ हजार ११३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ७३३ जनाले पूर्ण खोेप लगाएका छन् । शिवनाथमा १ हजार ९९३ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै सिगास गाउँपालिकामा ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७१९ जनाले पूर्ण खोप पाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update