Sagun Khabar
बैतडीको पुर्चौंडी पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । 

राष्ट्रिय खोप तालिका अनुसार नगरपालिका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । 

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाहरुले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको कुँवरले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको बिषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिइने उनले बताए । 

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा नगर प्रमुख दीपकबहादुर बम, उपप्रमुख मीना धानुक, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update