विश्व वातावरण दिवस : बैतडीको डिलाशैनीमा वृक्षारोपण
बैतडी –विश्व वातावरण दिवसको अवसरमा बैतडीको डिलाशैनी गाउँपालिकाले विभिन्न विद्यालयमा वृक्षारोपण गरेको छ । वृक्षारोपण गर्नुभन्दा अघि आयोजना गरिएको अन्तरक्रियात्मक छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले वातावरण संरक्षणमा सबैको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिए । वातावरण संरक्षण गर्न सके मात्रै मानव जातीलाई सहज हुने उनले बताए ।
यस्तै कार्यक्रममा डिलाशैनी गाउँपालिकाका उपाध्यक्ष भगीरथ बोहरा लगायतका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
यस्तै सेटीगाउँमा मावि र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा वृक्षारोपण गरिएको गाउँपालिकाका जलश्रोत अधिकृत पूर्णबहादुर चन्दले बताए । वातावरण संरक्षणको सन्देश दिनका लागि वृक्षारोपण गरिएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १७:४६
प्रतिक्रिया दिनुहोस्




