बैतडी–बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य शुरु भएको छ । आइतबार खेल मैदान निर्माण कार्यको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले संयुक्त रुपमा उद्दघाटन गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाखको लागतमा एकसय मिटर लम्बाई र ५० मिटर चौडाईको खेलमैदान निर्माण कार्य शुरु भएको क्याम्पस प्रमुख अवस्थीले बताए । चालु आर्थिक बर्षमै सम्पन्न गर्ने गरेर खेल मैदान निर्माण कार्य शुरु भएको उनले बताए ।
बिग बि एण्ड कम्पनीले खेल मैदान निर्माणको जिम्मा पाएको हो । क्याम्पसको आफ्नै खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएको थियो । खेल मैदान निर्माण कार्य शुरु भएपछि अब खेलकुदका गतिविधि अगाडि बढाउन सहज हुने क्याम्पस प्रमुख अवस्थीले बताए ।
खेल मैदानको उद्दघाटन गर्दै दशरथचन्द नगरपालिका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले खेल मैदानको थप स्तरोन्नतीका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।




