Sagun Khabar
गोठलापानी बजारको सार्वजनिक शौचालय सञ्चालनमा आयो 

बैतडी –बैतडी सदरमुकाम गोठलापानीमा रहेको सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । लामो समयदेखि बन्द रहेको शौचालय मर्मत गरेर सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । 

सार्वजनिक शौचालयमा पानीको व्यवस्थापन र आवश्यक मर्मत गरेर सञ्चालनमा ल्याइएको उनले बताए । कामका लागि गोठलापानी पुग्ने नागरिकलाई सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएकोमा अब त्यो समस्या हल भएको उनले बताए । 

सार्वजनिक शौचालयलाई निशुल्क रुपमा प्रयोग गर्न पाइने भएको छ । शौचालय प्रयोग गरे बाफत पैसा तिर्नुपर्ने झण्झट समेत हटेको नगर प्रमुख जोशीले बताए । तत्कालका लागि एकजनालाई अस्थायी रुपमा शौचालयको रेखदेख गर्न राखेको बताइएको छ । 

सार्वजनिक शौचालयलाई दिगो रुपमा सञ्चालन गर्नका लागि व्यवस्थित बनाइने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update