डिलाशैनी–५ मा विद्युत विस्तार, असार सम्म पालिकाको केन्द्रमा विद्युत विस्तारको लक्ष्य
बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ को कार्यालय सम्म विद्युत विस्तार गरिएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन वडा नं ५ का अधिकांश घरधुरीमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
वडा नं ५ मा विद्युत विस्तार भएपछि अब पालिकाको केन्द्र वडा नं ७ को धामीगाउँमा विद्युत विस्तार गर्ने कार्ययोजना रहेको उनले बताए । यही असार मसान्तभित्र पालिकाको केन्द्रमा विद्युत विस्तार गरिसक्ने लक्ष्य रहेको अध्यक्ष जोशीले बताए ।
विद्युत लाइन विस्तारका लागि ठेक्का भईसक्दा समेत काम अघि नबढेको अवस्थामा आफूहरुले ठेकेदारहरुलाई सम्पर्कमा ल्याएर काम सुचारु गराएको अध्यक्ष जोशीले बताए । पालिकाका विद्युत विस्तार नभएका सबै वडाहरुमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्




