Sagun Khabar
बैतडीको त्रिवेणी धाममा बन्ने भयो झोलुंगे पुल, मेयर बमले गरे उद्दघाटन 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकास्थित बागागाड नदीमा झोलुंगे पुल बन्ने भएको छ । हेल्भेटास नेपालको सहयोगमा ९३ मिटर लामो पुल बन्ने पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । 

पुल निर्माण कार्यको आज नगरपालिकाका प्रमुख दीपकबहादुर बमले एक कार्यक्रमकाबीच उद्दघाटन गरे । पुल उद्दघाटन गर्दै उनले बर्षातको समयमा आवतजावत गर्दा हुने समस्या अन्त्य हुने दाबी गरे । 

८३ लाखको लागतमा निर्माण हुने पुल एक बर्ष भित्रै बनाइसक्ने लक्ष्य राखिएको छ । पुल निर्माणका लागि केही सामग्री आइपुगेको र केही सामग्री आउने क्रममा रहेको वडा अध्यक्ष गडालले बताए । 

वडा नं १ र ७ जोड्नका लागि निर्माण भईरहेको पुलले स्थानीयहरुले सजिलो हुने बताइएको छ । पुल निर्माण भएपछि बर्षातको समयमा नगरपालिकाको केन्द्र पुग्ने नागरिक, विद्यालयका विद्यार्थी, बजारमा पुग्ने ग्राहक सबैलाई सजिलो हुने वडा अध्यक्ष गडालले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update