हराईरहेका बैतडीका रावत मृत फेला परे
बैतडी –बैतडीमा यही जेठ १७ गतेबाट हराईरहेका प्रेमसिंह रावत मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका २ सौंडालीका अन्दाजी ३० बर्षीय रावत नजिकैको इडा जंगलको भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए ।
बोल्न नसक्ने सुस्त मनस्थिती भएका रावत १७ गते बिहानबाट हराईरहेका थिए । खोजी गर्दै जाँदा आज रावतको शव भीरमा अड्केको अवस्थामा फेला परेको र शव पूर्ण रुपमा सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउँदले बताए । घटनाको अनुसन्धान भईरहेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ १७:०२
प्रतिक्रिया दिनुहोस्




