Sagun Khabar
दार्चुलामा जलाएर महिलाको हत्या गरेको आरोपमा तेश्रो व्यक्ति पनि पक्राउ 

दार्चुला –दार्चुलाकी ४० वर्षीया एकल महिलाको हत्या आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । बुधबार शैल्यशिखर नगरपालिका–१ बारिलमा आगो लगाएर हत्या घटनामा संलग्न भएको आरोपमा स्थानीय भोजबहादुर खडायतलाई बैतडी प्रहरीले खाड्पे क्षेत्रबाट पक्राउ गरेको हो । 

यसअघि बुधबार नै स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखेको छ । भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाच केन्द्रका सेक्युरिटी गार्ड समेत हुन् । 

प्रारम्भिक अनुसन्धानबाट बारिलकी ४० वर्षीया एकल महिला अनीभा खडायतको आगो लगाएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update