Sagun Khabar
दार्चुलामा जलाएर महिलाको हत्या प्रकरण : आरोपित सार्वजनिक 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका– १ बारीलकी ४५ वर्षीया अनिभा खडायतको आगोमा जलाएर हत्या गरी फरार रहेका सोही ठाउँका भोजराज खडायत पक्राउ परेका छन् । प्रतिवादी खडायतलाई बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट पक्राउ गरी सार्वजनिक गरेको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको शव फेला परेको थियो । भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुंगा हानी घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

साथै खडायतको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत प्रहरीले बरामद गरेको छ। उनी उपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।
 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update