Sagun Khabar
अफ्रिकामा हतियारधारी समूहले आक्रमण गर्दा ५० जनाको मृत्यु, दर्जनौं घाइते
afrika.jpg

 अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र बिद्रोही हतियारधारी समूहको आक्रमणमा ५० जना मानिसको मृत्यु भएको छ ।

उत्तरी बुर्किना फासोको सेतेंगा कम्युनको एउटा गाउँमा २ रातसम्म लगातार भएकाे आक्रमणमा ५० जनाको मृत्यु भएकाे हाे । साेही आक्रमण परी दर्जनौं मानिस घाइते भएका छन् । रातको समयमा आक्रमण हुँदा अधिकांश सर्वसाधारण मस्त निद्रामा थिए। बिद्रोही समूह अलकायदा र आइएसको पकड रहेको बुर्किना फासोमा भएको यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन्।

स्वास्थ्य सन्देश
Atrya hospital

यसैबीच संयुक्त राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा यो जघन्य अपराधको दोषीलाई कानूनी कठघरामा ल्याउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गरिएको छ । सोही गाउँमा गत साता पनि सशस्त्र बिद्रोही समूह र सेनाबीच दोहोरो भिडन्त भएको थियो । जसमा ११ सुरक्षाकर्मी र ४० बिद्रोही लडाकुकाे मृत्यु भएकाे थियाे। त्यही कारबाहीको प्रतिशोध स्वरुप उनीहरुले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।

बुर्किना फासोमा आतंकवाद र हिंसाको गतिविधि बढेपछि पछिल्लो समय ३ हजार मानिस पलयान भएका छन् ।

#ईमेजखबर #

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update