Sagun Khabar
दार्चुलामा ३ सय ५० किलो झ्याउ बरामद 

दार्चुला –दार्चुलामा प्रहरीले ३५० किलो झ्याउ बरामद गरेको छ । प्रहरीले जिल्लाको व्यास गाउँपालिका–३ गल्फास्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित जडीबुटी ‘झ्याउ’ बरामद गरेको हो । 

सडक किनारमा लुकाइछिपाइ राखेको करिब ३५० किलोग्राम प्रतिबन्धित जडीबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रहरी चौकी सुन्सेरा र अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराबाट खटिएको संयुक्त टोलीले  झ्याउ बरामद गरेको उनले बताए ।

जडीबुटी आवश्यक कारवाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्र रेञ्ज पोष्ट सुन्सेराको जिम्मा लगाएको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update