Sagun Khabar
देउवा पक्षीय कांग्रेसको पुर्चौंडी नगर सभापतिमा धानुक चयन 

बैतडी–नेपाली कांग्रेसको देउवा समूहले बैतडीको पुर्चौंडी नगरपालिकामा नगर कार्यसमिति चयन गरेको छ । मंगलबार भएको नगर अधिवेशनले सुरेन्द्रबहादुर धानुकलाई सभापतिमा सर्वसम्मत चयन गरेको कांग्रेसका युवा नेता सरोज बमले बताए । 

उक्त समितिको उपसभापतिमा लीला बिष्ट र अमे सार्कीे, सचिवमा बिसन लुहार र बिर्ख धामी, सहसचिवमा सरोज लुहार र बिमला लुहार लगायत अन्य सदस्यहरु चयन भएका छन् । 

नगरपालिकाका १० ओटै वडामा वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन गरेपछि नगर अधिवेशन सम्पन्न गरिएको बमले बताए । 

कांग्रेसको संस्थापन पक्ष केन्द्रीय महाधिवेशनमा व्यस्त रहेका बेला देउवा समूहले भने स्थानीयस्तरका अधिवेशनहरुमा केन्द्रित रहेको हो । देउवा पक्षले देशैभरी समानान्तर समिति गठन गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update