Sagun Khabar
महाकालीमा तुइनबाट खसेर दार्चुलाका एक किशोर बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा तुइन चुडिँदा महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।  व्यास गाउँपालिका वडा नम्वर २ मालघाटस्थित महाकाली नदीमाथि लगाइएको तुईन चुडिँदा व्यास गाउँपालिका वडा नं २ का १९ बर्षीय सचिन बुढाथोकी बेपा भएका हुन् । 

बुधबार दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल फर्कने क्रममा तुइन चुँडिएर बुढाथोकी बेपत्ता भएका हुन् । महाकाली बेपत्ता भएका बुढाथोकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update