Sagun Khabar
कञ्चनपुरमा कोरोनाबाट एक स्वास्थ्यकर्मीको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नगरपालिकाका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको थियो । उनमा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update