Sagun Khabar
पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

दार्चुला– बिहीवार बिहान परेको अविरल वर्षासँगै आएको पहिरोका कारण दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।  महाकाली नगरपालिका–८ असिगडामा माथिबाट ढुङ्गामाटो बगरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।  यस्तै शैल्यशिखर नगरपालिका–९ नक्तडीमा पनि माथिबाट माटो बगेर आउँदा सडक अवरुद्ध भएको छ।

शैल्यशिखर नगरपालिका–६ ग्वानीस्थित दुल्लिगाडमा समेत पहिरो आउँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  अहिले प्रहरी टोलीले सबै  ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update