Sagun Khabar
बानका अध्यक्ष न्यौपानेको निधन
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – व्यावसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण भएपछि उनको ९ दिनदेखि विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचार भइरहेको थियो । इटहरीबाट सञ्चालित रेडियो सप्तकोशीका सञ्चालक समेत रहेका न्यौपानेले नेपालमा एफ रेडियोको संस्थागत विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  न्यौपाने विज्ञापन बोर्डका सदस्य समेत रहेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update