Sagun Khabar
नेपालमा आज ९ हजार ८४१ जनाले कोरोना जिते

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा झन्डै १० हजार जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नाै हजार आठ सय ४१ जनाले कोरोनालाई जितेका छन् । एकै दिन सङ्क्रमणमुक्त हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

अहिले सङ्क्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ । योसँगै काेराेना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या चार लाख २८ हजार ६ सय ७० पुगेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै गएको २४ घण्टामा ६ हजार नाै सय ५१ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिमार्फत १९ हजार तीन सय १३ जनाको परीक्षण गर्दा ६ हजार आठ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेनमार्फत सात सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९ हजार एक सय ११ पुगेको छ ।

यसैगरी काेराेना सङ्क्रमणका कारण थप ९६ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या सात हजार ४७ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update