Sagun Khabar
२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दै

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियो । नेपाल अस्ति आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

बङ्लादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ । माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्लादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ ।

Atrya hospital

फाइनल खेल शुक्रवार हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update