Sagun Khabar
दार्चुलामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन हुने 

दार्चुला –दार्चुलामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन हुने भएको छ । मंगलबार जिल्ला स्तरीय अन्तरक्रियाको आयोजना गरेर जिल्लाका स्थानीय तहहरुमा अभियान सञ्चालन हुने जानकारी दिइएको हो । दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताए । 

स्थानीय तहहरुका वडामै पुगेर विवरण दर्ताको काम शुरु हुने भएकाले यसमा सहभागिता जनाउन महानिर्देशक भट्टराईले आग्रह समेत गरेका छन् । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यसमा आफ्नो विवरण दर्ता गराउन उनले आग्रह गरे । 

दार्चुलामा अहिले सम्म जिल्ला प्रशासन कार्यालयमा मात्रै विवरण दर्ताको काम भइरहेकोमा अब अभियानका रुपमा वडा तहमा विवरण दर्ताको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी हेमन्ती साउँदले बताइन् । हाल सम्म दार्चुलामा ९ हजार १सय ७८ जनाको विवरण संकलन गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update