Sagun Khabar
कोरोना कहरमा सहयोगी बन्दै शिवांश फाउण्डेसन 

बैतडी –अहिले कोरोना भाइरस, अर्थात कोभिड १९ रोग जताततै फैलिइसकेको छ । हाल बैतडी जिल्लामा ५ सय बढी कोरोनाका सक्रिय सक्रिय संक्रमित छन् । कोरोना संक्रमण तीव्र गतिमा फैलिएको भन्दै करिव १ महिना अघिदेखि जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । जेठ १७ गते सम्मका लागी जारी गरिएको निषेधाज्ञा अझ थपिने भएको छ । उसैपनि पहाडी जिल्लामा कम्तीमा २ सय व्यक्ति सक्रिय संक्रमित भएमा निषेधाज्ञा जारी गर्ने नियम छ । निषेधाज्ञाका बेला मजदुरी गर्न नपाएका मजदुर वर्गलाई दैनिक छाकटार्न निकै समस्या भएको छ । 

नत उनिहरु दिनभरी काम गरेर साँझ खानेकुरा ल्याउन पाउँछन् । नत कुनै स्थानीय तहले पोहोर सालको जसरी राहत वितरण गरेका छन् । मजदुर वर्गको यो समस्यालाई बुझेर पिडितलाई सहयोग गर्दै आएको सस्ंथा शिवांश हेल्प फाउण्डेशनले अहिले जिल्लाका २ सय बढि मजदुरलाई राहत बितरण गरेको छ । 

राहत वितरणको क्रममा बिभिन्न ठाउँ पुगेको फाउण्डेशनको टिम समक्ष मजदुरले आफ्ना पिडाहरु पोखेका छन् । अहिले निषेधाज्ञाका कारण मजदुरी गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको दोगडाकेदारकी माता भुलले बताइन् । उनले भनिन् ‘म अपांगता भएकी एकल महिला हुँ । मेरो आफ्नो भन्नु कोहिपनि छैन् । श्रीमान बितेको धेरै बर्ष भैसक्यो । छोराछोरी छैनन् । मागेरै खाने गरेकी छु । तर अहिले शिवांस हेल्प फाउण्डेशनले राहत दियो अत्यन्त खुसी लागेको छ ।’ 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै दोगडाकेदारकै गुमान कोली एकल पुरुष हुन् । उनि भन्छन् ‘मलाई ७५ बर्ष पुग्यो । मेरो आफ्नो मान्छे कोहिपनि छैन् । श्रीमति र छोराको मृत्यु भयो बुहारी पनि पोइल गईन् । अहिले एक्लै छु । न पानी भर्न सक्छु । न दाउरा ल्याउन सक्छु । सामाजिक सुरक्षा भत्ता पाउने गरेको थिएँ । तर बिगत ५ महिनादेखि भत्ता पनि पाइएको छैन् । कसरी के खाने भन्ने चिन्ता थियो । अहिले राहत पाइयो । अब केहिदिन सम्म पुग्छ ।’ 

यस्तै स्थानिय दुर्गे भूलले भने, ‘मेरो घरमा श्रीमती र म मात्रै छौँ । तर श्रीमति मानसिक सन्तुलन गुमाएकी छिन् । सन्तान छैनन् । म साह्रै दुखी मान्छे हुँ । दैनिक छाकटार्न निकै समस्या थियो । अहिले राहत पाइयो खुसि लाग्यो । म आजै मर्ने मान्छेलाई भोली मर्ने बनाइदिनुभयो । यो अमुल्य राहत हो मेरा लागी अमृत हो ।’ उनले भने 

पञ्चेस्वर ३ की हिरा चन्दले राहत पाएकोमा खसि व्यक्त गरिन् । उनले भनिन् ‘मैले १७ बर्ष जंगलमा बसेर बिताए । मेरो घरपरिवार छोराछोरी कोहि छैन् ।’ अहिले समेत सडकको छेउमा टहरो बनाएर बसेकी बृद्धा चन्द अपांगता भएकाले कुनै काम गर्न सक्दैनन् । 

शिवांश हेल्प फाउण्डेशनले राहत वितरण गरेका अधिकांश व्यक्तिहरु दैनिक छाकटार्न निकै समस्या भएका व्यक्ति थिए । उनीहरुमध्ये केहि व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति भएपनि ४–५ महिना यताको भत्ता नपाएको सुनाउछन् । 

शिवांस हेल्प फाउण्डेशनका प्रतिनिधि जिल्लाका १०ओटै स्थानियतहमा पुगेका थिए । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा भने फाउण्डेशनका अध्यक्ष महेश अवस्थी आफै पुगेका थिए । दुःखमा परेका ब्यक्तिहरुलाई सानो गर्न पाउदा खुसि लागेको अध्यक्ष अवस्थीको भनाई छ । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जका प्रवन्ध निर्देशक समेत रहेका अवस्थीले भने ‘हामीले राहत वितरण गर्नुका साथै स्थानियबासीहरुलाई कोरोनाबाट बच्ने उपायबारे समेत जानकारी गराएका छौँ । अहिले हाम्रो उदेश्य भनेको पीडामा परेका व्यक्तिहरुलाई सानोतिनो राहत दिने, उनिहरुको वास्तविक पिडा सञ्चार माध्यमबाट उजागर गर्ने र कोरोनाबाट बच्ने उपायबारे जनचेतना फैलाउनु हो । हामीले वितरण गरेको राहत सामग्री सहयोगी मन भएका व्यक्तिहरुबाट संकलन भएको रकमबाट खरिद गरेका हौँ ।’ 

राहत सामग्री वितरणका लागी शिवांस हेल्प फाउण्डेशनसंग २ लाख रकम मात्रै संकलन भएको थियो । तर फाउण्डेशनले १०ओटै स्थानियतहमा राहत सामग्री पु¥याउन गाडिको ब्यवस्था भने आफैले गरेको थियो । 

केही स्थानीय तहमा राहत सामग्री ढुवानी गर्न मेलौनी नगरपालिकाका उपमेयर राधा ओझा, पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द र दशरथचन्द नगरपालिका वडा न. १का वडाअध्यक्ष भुवनराज भट्टले ट्याक्टर तथा जीप उपलब्ध गराएका थिए ।

तर जिल्लाका अधिकांश स्थानियतहमा फाउण्डेशनका अध्यक्ष महेश अवस्थी आफै ड्राइभिङ गर्दै राहत बाड्न पुगेको थिए । उनले बाटोमा भेटिएका कयौँ असहाय व्यक्तिहरुलाई आफ्नो खल्तीमा भएको धेरथोर रकम समेत प्रदान गरेका थिए । 

दशरथचन्द नगरपालिकामा एकजना मजदुरको छोरी बिरामी पर्दा समेत उपचार गर्न नसकेका व्यक्तिका लागी औषधी खरिद गरिदिए भने त्यसैगरि डिलाशैनी र दोगडाकेदारमा राहत बाँड्दै गर्दा मजदुरको पिडा सुन्दा राहत सामग्री र खल्तीबाट ५सय १हजारका नोट निकाल्दै दिए । 

यसरी सिवांश फाउण्डेशनले पिडितको घाउमा मलम लगाउने काम गर्र्दा अत्यन्तै खुसि लागेको अनेरास्ववियु बैतडीका अध्यक्ष सन्तोश राना क्षेत्रीले बताए । 

यस्ता समाजिक अभियन्ता सायदै भेटिने गरेको पब्लिक पावर अभियानका अभियन्ता भोजराज जोशी (क्वालिटि)ले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update