Sagun Khabar
धनगढीको एलायन्स ईन्टरनेशनल मोडल स्कुल विद्यार्थीको रोजाईमा 
alliance collage.jpg

बैतडी- कैलालीको धनगढीमा रहेको एलायन्स ईन्टरनेशनल मोडल स्कुल नयाँ व्यवस्थापनका साथ  सञ्चालनमा आएको छ ।  आकर्षक भौतिक संरचनाका साथ एलायन्स ईन्टरनेशनल मोडल स्कुल नयाँ व्यवस्थापनका साथ  सञ्चालन आएको हो । 

धनगढी उपमहानगरपालिका २ सन्तोषी टोलमा रहेको यो  स्कुलले  विभिन्न कोर्सहरूको अध्यायन गराई रहेको स्कुलका प्रिन्सिपल मनोज पन्तले जानकारी दिए । उनका अनुसार  जनरल म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कानुन संकायमा  पढाई  हुन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

 स्कुलमा सुविधा सम्पन्न भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी विषय विशेषज्ञ शिक्षक, सुविधा सम्पन्न कम्प्युटर ल्याब, सुविधा सम्पन्न पुस्तकालय, आकर्षक सेमिनार हल, सुविधा सम्पन्न कक्षा कोठा र पर्याप्त मात्रामा खेल मैदान  रहेको उनले  बताए । 

होटेल म्यानेजमेन्टका  विद्यार्थीहरुका लागी पाँच तारे होटेलको भ्रमण, प्रयोगात्मक विधिद्वारा पठनपाठन, निःशुल्क इण्डस्ट्रीयल भिजिट, फिल्ड भिजिट, केस स्टडी, लगायत होटेल म्यानेजमेन्टका विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि निःशुल्क गवा भ्रमण हवाई मार्गको माध्यम बाट गरिने छ पन्तले बताए । 

कानुन संकायका विद्यार्थीहरुका लागी सैद्धान्तिक र प्रयोगात्मक शिक्षण विधिलाई विशेष जोड दिएर जिल्ला अदालत  भ्रमण गराइने,न्यायिक समिति सँग अन्तक्र्रिया गराइने बताएको छ । यस्तै  उक्त स्कुलले अहिले कक्षा ११ का लागी विद्यार्थी भर्नाका लागी समेत सूचना जनारी  गरिसेकको क्याम्पस प्रमुख पन्तले  बताए। 

विद्यार्थीको व्यक्तित्व विकासका लागि सैद्धान्तिक र व्यवहारिक ज्ञानमा विशेष प्राथमिकता दिएर  व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप गराउनुका साथै प्रयोगात्मक विधिलाई जोड दिइने विद्यालयले  जनाएको  छ । 

गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धताू भन्ने मुल नाराका साथ विद्यार्थीलाई पुर्णरुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले आगामी पठनपाठन सञ्चालनको  तयारि भएको  विद्यालय  स्रोतले  जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update