Sagun Khabar
बन्द रहेका उद्योग सञ्चालनमा ल्याउँछौ : मन्त्री बडू 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –देशका विभिन्न स्थानमा बन्द रहेका उद्योगहरु सरकारले सञ्चालन ल्याउने उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । गृह जिल्ला दार्चुला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले  विगतमा सरकारले संचालन गरेका तथा हाल बन्द अवस्थामा रहेका उद्योग कलकारखानाहरु पुनः संचालनमा ल्याई व्यापार घाटा घटाउनु पर्नेमा जोड दिए । 

बन्द अवस्थामा रहेका उद्योगहरुलाई निजि क्षेत्रसंगको समन्वयमा संचालनमा ल्याउने तयारी भएको उनले बताए । बन्द रहेका उद्योगधन्दाहरु संचालन गर्न आफ्नो मन्त्रालयले कार्यविधि र मापदण्ड तयार गरिरहेको मन्त्री बडूको भनाई छ । ‘उद्योग संचालन सम्बन्धि कार्यविधि तयार गरि संसदमा लैजान्छौ, संसद्बाट कार्यविधि पास हुने वित्तिकै लागु गरि बन्द अवस्थामा रहेका उद्योगहरु संचालन गर्छौ ।’ मन्त्री बडूले भने 

युवाहरुलाई स्वदेशमै रोजगारी दिने हिसाबले उद्योगहरु सञ्चालन गर्नुपर्नेमा मन्त्री बडूले जोड दिए । देशमा निर्यात हुने वस्तुको उत्पादन कम हुँदा व्यापार घाटा हुने गरेको र यसले अर्थतन्त्रमा नकारात्मक असर पारेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update