Sagun Khabar
दार्चुलामा खाद्यको शाखा कार्यालय उद्दघाटन 

दार्चुला – दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्दघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्दघाटन गरेका हुन् । 

कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहाँ उत्पादन गरिने खाद्यवस्तु जिल्ला बाहिर पठाउने व्यवस्था गरिएको बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

२०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १९ वर्षपछि पुनःस्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ । कम्पनीका अनुसार खाद्य कार्यालय जिल्लामा रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने छ ।

जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भएपनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै आएको हुनाले जिल्लामै शाखा कार्यालय खोलिएको हुनाले आपूर्तिमा सहज हुने भएको छ । खाद्य संकट झेल्दै आएका यो क्षेत्रका नागरिकलाई अब सहज हुने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update