Sagun Khabar
चितुवाले घरपालुवा पशु खान थालेपछि सिगासका किसान चिन्तित 

बैतडी –बैतडीको सिगास गाउँपालिकाका विभिन्न स्थानमा चितुवाले घरपालुवा जनावर मार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । गएको ६ महिनायता पालिकाका विभिन्न स्थानमा चितुवाले आतंक मच्चाएको स्थानीय सूर्य बोहराले बताए । 

जंगलमा चराउन लगेका बाख्रा, खसी लगायतका घरपालुवा जनावरमा चितुवाले बढी क्षति पुर्याएको छ । जंगल नजिकका बस्तीमा गोठमै पसेर पनि चितुवाले घरपालुवा जनावर खान थालेका किसानहरुले बताएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि व्यवसायिक बाख्रापालनमा लागेका किसानहरु समस्यामा परेका छन् । अहिले सम्म अढाईसय बढी बाख्रा चितुवाले खाइदिएको बोहराले बताए । 

चितुवा नियन्त्रणका लागि केही पहल गर्नुपर्नेमा किसानहरुले जोड दिएका छन् । वन्यजन्तुकर्मीहरुले भने चितुवाको बासस्थान नष्ट हुँदा मानव–चितुवाबीचको द्वन्द बढ्दै गएको बताएका छन् । 

जिल्लाका धेरैजसो ठाउँमा चितुवाले क्षति पुर्याएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । चितुवाको बासस्थान नष्ट हुनु, चितुवाको आहारा प्रजाति नष्ट हुनु लगायतका कारणले चितुवा मानवबस्तीमा पसेको हुन सक्ने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update