Sagun Khabar
महारुद्र सहकारी संस्थाको रजत जयन्ती सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ श्रीखण्डस्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा एवं रजत जयन्ती सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षता एवं दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टको प्रमुख आतिथ्यतामा रजत जयन्ती सम्पन्न भएको हो । 

बार्षिक साधारण सभा एवं रजत जयन्तीमा सहकारी संस्थाका मदनसिंह भाटले ६३ लाख ७० हजार ४११ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सो सहकारी संस्थाको शेयर पूँजी १ लाख ४६ रहेको छ भने बचत रकम ५८ लाख ९५ हजार १६९ रहेको छ । सहकारी संस्थाले ५९ लाख ९८ हजार २९३ रकम ऋण लगानि गरेको संस्थाका सहव्यवस्थापक खेमराज भट्टले बताए । 

महारुद्र बचत तथा ऋण सहकारी संस्थाका २ सय ८५ शेयर सदस्य रहेका छन् भने १२५ बालबचतकर्ता रहेका छन् । 

Atrya hospital

यसैबीच सहकारी संस्थाको रजत जयन्तीको अवसरमा उत्कृष्ट १० जना शेयर सदस्यहरुलाई सम्मानित गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update