Sagun Khabar
बैतडीमा नमूना कृषि गाउँ बाँझै प्रकरण  : स्थानीय प्रशासनले लियो चासो 

बैतडी–बैतडीको मेलौली नगरपालिका ८ कोटीगाउँस्थित भम्ता –खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ तीन बर्षदेखि बाँझो रहेको सम्बन्धमा स्थानीय प्रशासनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

मुख्यमन्त्री नमूना कृषि गाउँ बाँझै रहेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि स्थानीय प्रशासनले जमीन बाँझो रहेको सम्बन्धमा जानकारी लिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कृषिका लागि वर्गीकृत जमिन लगातार तीन वर्ष जमिन बाँझै राख्नेलाई उत्पादन अनुमानका आधारमा एक लाख रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । यसको अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने भएकाले सोही अधिकार अनुसार योजनाका बारेमा बुझ्ने काम शुरु भएको भारतीले बताए । 

योजनामा कति खर्च भएको भन्ने बिषयमा यथार्थ जानकारी गराउन कृषि ज्ञान केन्द्र र सिँचाइ विकास डिभिजन कार्यालयलाई पत्राचार गरिसकिएको उनले बताए । 

प्रदेश सरकारले नमूना कृषि गाउँ बनाउनका लागि बजेट विनियोजन गरेर समिति गठन गरेको भएपनि अहिले सो क्षेत्र गौचरनमा परिणत भएको छ । 

लिफ्ट सिँचाई र तरकारी खेतीका लागि अलग–अलग योजना बनाएर दुई करोड ४३ लाख रुपैंया खर्च भएपनि नमूना तरकारी गाउँ बाँझै रहेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update