Sagun Khabar
दार्चुलामा थपिए १ हजार ६ सय मतदाता 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक हजार ६६४ जना मतदाता थपिएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट फोटोसहितको थप मतदाता नामावली संकलन गरिएको हो ।

गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा डेढ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभरि ८८ हजार २८५ जना मतदाता रहेका थिए । अहिले थपिएर ८९ हजार ९४९ मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत प्रदिपसिंह धामीले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयबाट एक हजार ३९ जना तथा जिल्ला निर्वाचन कार्यालयमा ६ सय २५ जना नयाँ मतदाता थपिएका उनले बताए । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसंँगै मतदाता नामावली संकलन कार्य २० गतेदेखि स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update