Sagun Khabar
दार्चुलाका स्थानीय तहको बेरुजु झण्डै ७७ करोड 
Shailyashikhar Nagarpalika1.jpg

बैतडी –दार्चुलाका स्थानीय तहको बेरुजु रकम बढ्दै गएको छ । आर्थिक बर्ष २०७७÷७८ सम्म जिल्लाका पालिकाहरुको बेरुजु रकम झण्डै ७७ करोड पुगेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनका अनुसार जिल्लाका ९ ओटा स्थानीय तहको बेरुजु रकम ७६ करोड ८१ लाख ८४ हजार पुगेको छ । 

दार्चुलामा सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा २९ करोड १२ लाख ९ हजार बेरुजु रहेको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा २३ करोड ४४ लाख ५६ हजार, महाकाली नगरपालिकामा १४ करोड ७ लाख २६ हजार बेरुजु रहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै व्याँस गाउँपालिकामा ९ करोड ३४ लाख ४२ हजार, मार्मा गाउँपालिकामा ९ करोड १५ लाख ७४ हजार, लेकम गाउँपालिकामा ९ करोड १० लाख ६६ हजार, अपिहिमाल गाउँपालिकामा ४ करोड ८५ लाख ८२ हजार, दुुँुहु गाउँपालिकामा ४ करोड ३८ लाख ३८ हजार र नौगाड गाउँपालिकामा २ करोड ४५ लाख ६३ हजार बेरुजु रहेको छ । 

स्थानीय तहहरुमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, वितरणमुखी योजनाहरु सञ्चालन गरेको, आर्थिक अनुशासन नभएको लगायतका टिप्पणी महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update