Sagun Khabar
नेपाली टिकटक समाज कतारको अध्यक्षमा लक्ष्मी दर्नाल 
स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली टिकटक समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ । समाजका संयोजक श्याम पाण्डेको अध्यक्षता तथा एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले लक्ष्मी दर्नालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । 

समितिको प्रथम उपाध्यक्षमा धर्मेन्द्र कुमार खवास, द्वित्तीय उपाध्यक्ष बद्री आलाम, महिला उपाध्यक्ष एन्जिला कार्की, महासचिव विपिन शङ्कर, सचिव दिलीप कुमार, कोषाध्यक्ष ताहिर मियाँ (रेहान), सह–कोषाध्यक्ष शौरव आचार्य चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा अनुजा कार्की, पारु भट्ट, रेखा मगर, निशा श्रेष्ठ, अरसल सलमान, सोम लामा, उर्मिला लामा, एमडी मजिवुल र सरिता गिरी रहेका छन् । समाजको संस्थापक संरक्षकमा राम राणपहेलि रहेका छन् । निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक मोहमद अजिज अलिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका त्यहाँबाट दीपक बिष्टले जानकारी दिए । 
नव निर्वाचित अध्यक्ष दर्नालले टिकटक समाज भनेर कतारको सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुने गरेकोप्रति लक्षित गर्दै कतारमा सामाजिक कार्यसँगै सचेतनाका कार्य गरिने बताइन् । टिकटकको सही ढंगबाट प्रयोग गर्न प्रेरित गर्न आफूहरुले लागि पर्ने उनले बताइन् ।  

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update