Sagun Khabar
जिल्ला प्रहरी कार्यालय दार्चुलामा  डिएसपी पाण्डे हाजिर
dsp pandy.jpg

जिल्ला प्रहरी कार्यालय दार्चुलामा  तर्कराज  पाण्डेय हाजिर भएका छन् ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी नायव उपरीक्षक डिएसपी तर्कराज  पाण्डेय दार्चुला पुगेका हुन् ।  

पर्यटक प्रहरी कार्यालय काठमाण्डौं रहेका पाण्डेय सोमबार मात्रै दार्चुला पुगेका हुन्। यसअघि जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्ट संयुक्त राष्ट्र संघको शान्ती मिसनमा  गएपछि उनको ठाउँमा  डिएसपी तर्कराज पाण्डेय दार्चुला पुगेका हुन्। उनले सोमबारदेखि कार्यभार सम्हालेका छन्।

डिएसपी पाण्डेयले लास्कु खोला र महाकाली नदीमा आएको बाढीले गरेको क्षतिको अवालोकन समेत गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update